सोल-अमेरिकी समाचार संस्था सीएनएनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यका विषयमा एक समाचार संप्रेषण गरे पश्चात विश्वभर नै तरङ्ग ल्याएको छ ।
उक्त समाचारका अनुसार हालै किम जोङ उनले एक शल्यक्रिया गराएका थिए । शल्यक्रिया पश्चात किमको स्वास्थ्य अवस्था अत्यन्तै खराव भएको बताईएको थियो । तर दक्षिण कोरियाली अधिकारीहरुले किमको स्वास्थ्य सीएनएनमा आएको समाचार जस्तो अप्रत्यासित नभएको बताएका छन |
सार्वजनिक कार्यक्रमहरुमा किम जोङ उनको सहभागिता नभएको लामो समय भएका कारण उनका बारेमा अनेक टिका टिप्पणी बाहिरिएको पनि दक्षिण कोरियालि अधिकारीले जनाएका छन् ।
एक दक्षिण कोरियाली अनलाईन समाचार संस्थाले किम केही समयबाट प्योङयाङ छाडी ह्याङसान स्थित एक भिल्लामा मुटुको उपचार गराईरहेको समाचार प्रकाशीत गरे पछि उन बारे सो समाचार छापिएको बताईएको छ ।
गत अप्रिल ११ तारिखमा सार्वजनिक भए यता किम कुनै सार्वनजिक कार्यक्रममा सरिक भएका छैनन् । यतिसम्म कि उनी आफ्ना हजुरबुबाको १०८औँ जन्म जयन्तीको कार्यक्रममा समेत गएका थिएनन् ।
कोरियाली एकता मन्त्रालयका एक अधिकारीका अनुसार किमको स्वास्थ्यमा सीएनएनले भने जस्तो गम्भिर स्वास्थ्य स्थिति भने नरहेको तर उनमा मोटोपना तथा चुरोटको अति प्रयोगका कारण स्वास्थ्य स्थिति भने विग्रिदै गएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस