एजेन्सी – कोरोनाको संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थामा पनि अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारिएको छ । त्यस राज्यका बजारहरु खुल्न थालेका छन् ।
अमेरिकको दक्षिणका राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पलसहरु सोमबारदेखि खुल्न थालेका त्यहाँका संचारमाध्यमले जनाएका छन् ।
साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले सोमबार अपराहन्न लकडाउन केही खुकुलो पार्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बजारहरु खुलेको हो ।
यस्तै जर्जियाले पनि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको छ । आउँदो शुक्रबारदेखि जर्जिया राज्यका बासिन्दा जिममा जान पाउने छन् ।
टेनिसीमा पनि अप्रिल ३० देखि लकडाउन सकिने र अधिकांश क्षेत्र खुला हुने अमेरिकी संचारमाध्यमले जनाएका छन ।
यी राज्यको गतिविधिले अरु राज्यका गभर्नरमा पनि दबाब बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लकडाउन खुलाउनु पर्ने पक्षमा रहेका छन् ।
स्वास्थ्य विज्ञहरुले भने अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नआएको र यसो गरिएमा संक्रमण फैलिन सक्ने चेतावनी दिँदै आएका छन् । लकडाउन खुकुलो पार्नका लागि परीक्षणदर बढाउनु पर्ने उनीहरुको भनाई छ ।
लकडाउन खुलाउनका लागि दैनिक पाँच लाख ८० हजार भन्दा बढीको परीक्षण हुनु पर्ने र संक्रमणदर १२ प्रतिशत भन्दा तल आउनु पर्ने विज्ञहरुको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस