लखनउ– भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि अनुपस्थित हुने भएका छन् ।
कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।
लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण आफु पिताको अन्त्येष्टिमा सहभागी हुन नसक्ने उनले बताएका छन् । उनको अन्त्येष्टि मङ्गलबार गरिने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।
उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०.४४ बजे निधन भएको जानकारी दिएका छन् ।
उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताएका छन् ।
त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।
त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस