नयाँ दिल्ली- भारतमा कोरोना संक्रमण बढेदै गइरहेका बेला मानिसहरु अनावश्यक भ्रमको खेति गरिरहेका छन् । कुनै बर्ग सम्प्रदायलाई लक्षित गरेर उनीहरुले दोषारोपण समेत गरिरहेका छन् ।
हालै भारतको राजस्थान प्रान्तमा विजेपीका एक एमएलए कुनै वर्ग वा सम्प्रदायलाई लक्षित गर्दै कोरोना संक्रमण बारे भ्रामक अभिव्यक्ति दिएका कारण कानुनको फन्दामा परेका छन् । कोरोना भाइरस बारे भ्रम फैलाएको आरोपमा प्रहरीले शनिवार उनी विरुद्ध कानुनी कारवाही थालेको हो ।
राजस्थानस्थित कोता जिल्लाबाट विजेपीका तर्फबाट निर्वाचीत एमएलए मदन दिलावरले जनता वीच अनावश्यक भ्रम फैलाएको अभियोगमा प्रहरीले मुद्धा दर्ता गराएको हो । उनी विरुद्ध महामारी तथा सरुवा रोग नियन्त्रण सम्बन्धी कानुनी दफामा रहेर मुद्धा दर्ता गरिएको त्यहाँ स्थित डि एस पि अमृता दुहानले बताएकी छन् ।
उनी विरुद्ध निश्चित एउटा सम्प्रदायलाई उकासेको, जनतामा भेदभावको भावना सृजना गराएको तथा अनावश्यक विज्ञप्ति तथा भिडियो सन्देश संप्रेशण गरेको तथा अनावश्यक मानिसहरुको जमघट गराई सरकारले भनेको कोरोना भाइरस सम्बन्धि न्युनतम शर्तहरु समेत पालना नगरेको आदी विभिन्न अभियोगहरु लगाइएको छ ।
घटनाको थप अनुसन्धानका लागि सि आइ वि लाई जिम्मेवारी दिइएको पनि डिएसपि अमृता दुहानले बताएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस