नयाँ दिल्ली-भारतको राजधानी नयाँ दिल्लीको एक अस्पतालमा कार्यरत ५२ बर्षिय डाक्टरले आत्महत्या गरेका छन् । २ पृष्ठ लामो सुसाइड नोट लेखि आत्महत्या गरेको दिल्ली प्रहरीले जनाएको छ । शनिवार घटेको उक्त घटनामा उनले आम आदमी पार्टीका सांसदलाई दोषी देखाएका छन् ।
सुसाइड नोटमा आम आदमी पार्टीका एमएलए तथा उनका कार्यकर्ताहरुले उनीसँग निरन्तर ठूलो रकम मागिरहेको तथा दिन नमाने पश्चात आफ्नो व्यापारमा नै आक्रामण गर्ने सम्मको धम्की तथा चेतावनी आएका कारण वाध्य भएर आत्महत्या गरेको बताएका छन् ।
दिल्लीको नेव सराई क्षेत्रमा बसोबास गरिरहेका ५२ बर्षिय राजेन्द्र सिंह शनिवार आफ्नै कोठामा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पानी ढुवानी सेवा सञ्चालन गर्दै आएका उनलाई आम आदमी पार्टीका एमएलए प्रकाश जरवाल तथा उनका सहयोगी कपिल नगरले बारम्बार धम्कि दिएका कारण आत्महत्या गर्न वाध्य गराइएको उक्त नोटमा लेखिएको छ ।
उक्त सुसाइड नोटका साथमा उनको व्यक्तिगत डायरी समेत प्रहरीले वरामत गरेको छ जसमा उनलाई एमएलए तथा उनका सहयोगीले दिएका दुःखहरुका बारेमा लेखिएका थिए । डायरीमा उनलाई ज्यान मार्ने धम्की समेत आउने गरेको उल्लेख गरिएको छ ।
प्रहरीले मृतकको शरिर पोष्टमार्टमका लागि अस्पताल पठाएको छ भने आम आदमी पार्टीका एमएलए विरुद्ध मुद्धा समेत दर्ता गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस