सोल-दक्षिण कोरियामा हालै घटेको यौन दुराचार सम्बन्धी प्रकरणका नाईके भनेर चिनिने १८ बर्षका खाङ हुनको तस्विर सार्वजनिक गरिएको छ ।
कोरियामा यसरि बाल यौन दुराचारीको तस्बिर सार्बजनिक गरिएको पहिलो पटक हो |
उनी सँगै सहभागी भएका अर्का षडयन्त्रकारी छो जु विनलाई सार्वजनिक गर्ने क्रममा उनको अनुहार समेत देखिने तस्विर सार्वजनिक गिरएको हो ।
उक्त कार्यक्रममा उनले आफूले गरेको गल्तिको प्रायश्चित गरेको पनि बताएका छन् । पत्रकार तथा प्रहरीको घेरा विच रहेका उनले क्यामेराबाट आफुलाई लुकाउन चाहेका थिए । पत्रकारका प्रश्नहरुको केही जवाफ नदिएका उनलाई जिल्ला न्यायाधिशको कार्यालय पठाईएको थियो ।
कोरियाली प्रहरीका अनुसार चो थर भएका एक कोरियाली नागरिकले डाक्टर उपनाम दिएर यौनजन्य सामाग्री उत्पादन तथा सेयर गर्ने, सोही भिडियो देखाएर ब्ल्याकमेल गर्ने लगायतका काम गरेको पाईएकाले उनलाई गिरफ्तार गरे पश्चात अन्यलाई पनि गिरफ्तार गरिएको हो ।
प्रहरीका अनुसार हाल सो ग्रुपमा २ लाख ६० जना जना सकृय सदस्यहरु रहेका छन् ।
प्रहरीका अनुसार चोले १०० भन्दा बढी त्यस्ता ग्रुपहरु सञ्चालन गरेको पाइएको छ । उनले ग्रुपको सदस्यता लिन दुई लाख देखि १५ लाख वनसम्म लिने गरेको पाइएको छ ।
हाल उक्त एपको व्यापक विरोध भइरहेको र प्रहरी समक्ष व्यापक गुनासाहरु आइरहेको प्रहरीले बताएको छ ।
महिला अधिकार कर्मीहरुले उक्त घटनाका दोषीहरुलाई कुनै हालतमा मुक्ति दिन नहुने भन्दै निरन्तर खबरदार गरिरहेको पनि कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस