सोल- दक्षिण कोरियाले हिजो आफ्नो स्रसदीय निर्वाचन सम्पन्न गरेको छ । सो निर्वाचनमा उत्तर कोरियाले देश निकाला गरेका कुटनितिज्ञले एक सिटमा विजय प्राप्त गरेका छन् । उनले दक्षिण कोरियाको स्वाङ्केइस्ट जिल्लाबाट आफ्नो विजय सुनिस्चित गरेका हुन् ।
थे योङ हु उत्तर कोरियाका बेलायतस्थित साहायक राजदुत थिए । उनी उत्तर कोरियाका लागि गोप्य रुपमा रकम जम्मा गर्ने काम गर्दथे । सन् २०१६ बाट उनी दक्षिण कोरियामा बस्दै आएका छन् ।
थेले सोलको ग्याङनमस्थित तीन महत्वपूर्ण स्थानहरु मध्ये एकमा विजय हाँसिल गरेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्दीको भन्दा २० प्रतिशत बढी मत प्राप्त गरेका छन् ।
निर्वाचन अघि ‘आफूलाई जनताले के भन्ने हुन् भन्ने भय भएको’ भएता पनि निर्वाचन मार्फत जनताले उत्तरको मान्छेलाई पनि उत्तीकै विश्वास गर्दा आफू एकदम प्रफूल्लित भएको प्रारम्भिक प्रतिकृया दिएका छन् ।
थे उत्तरबाट निस्कासित भएका कारण दक्षिण कोरियाप्रति बफादारी हुने विश्वास ग्याङनम शहरका मानिसहरुले गरेर उनलाई मतदान गरेको जनताले प्रतिकृया दिएका छन् ।
कतिपय जनताले भने उनको विगतको राजनितिक चरित्र मुल्याङ्कन गरेर तथा उनको उत्तर कोरिया रहँदाको राजनीतिक पदका आधारमा उनी माथि विश्वास गर्न सकिएको प्रतिकृया दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस