एजेन्सी – विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन दिएलगत्तै उनको सर्वत्र आलोचना भैरहेको छ ।
यो निर्णयको अमेरिकाभित्रै पनि आलोचना भैरहेको छ । कोरोना भाइरसविरुद्ध विश्व संघरर्षरत रहेका बेला डब्लुएचओ करिब १५ प्रतिशत हिस्सा ब्यहोरिरहेको देशले सहयोग रोक्न आदेश दिएपछि उनी विवादका घेरामा तानिएका हुन् ।
महामारी व्यवस्थापनमा डब्लुएचओ चुकेको र चीनको पक्षपाती भएको आरोप लगाउँदै ट्रम्पले सहयोग रोक्न निर्देशन दिएको बताएका थिए ।
ट्रम्पको घोषणाको संयुक्त राष्ट्रसंघका महासचिवले समेत विरोध गरिसकेका छन् । चीनले पनि ट्रम्पको निर्देशनको जवाफमा सहयोग रोकेमा अमेरिकालाई नै जोखिम हुने बताएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पको घोषणाप्रति चीनको गम्भीर चासो रहेको भन्दै महामारीको अति संकटपूर्ण समयमा यस्तो निर्णय आउनु राम्रो नरहेको बताएका छन् ।
अमेरिकाको सहयोगी रहँदै आएको राष्ट्र जर्मनीले पनि ट्रम्पको निर्णयको विरोध गरेको छ ।
संयुक्त राष्ट्रसंघ र डब्लुएचओलाई थप बलियो बनाउँदै कोरोना भाइरसको परीक्षण किट तथा खोपको विकास र न्यायिक वितरण गरिनुपर्नेमा सहयोग रोक्नु ठीक नहुने जर्मनीले उल्लेख गरेका हो ।
यसअघि डब्लुएचओलाई ठूलो रकम सहयोग गर्दै आएका दाता बिल गेट्सले पनि ट्रम्पको घोषणाको आलोचना गरेकाा छन् ।
अमेरिकाकै सेन्टर फर डिजिज कन्ट्रोलले भने आफ्नो सबैभन्दा महत्वपूर्ण सारथी डब्लुएचओ नै रहेको प्रष्ट गरेको छ ।
युरोपियन युनियन विदेश नीति प्रमुख जोसेप बोरिलले ट्रम्पको निर्णयको आलोचना गर्दै सबैभन्दा बढी डब्लुएचओको आवश्यकता रहेका बेला उसलाई दिँदै आएको सहयोग रोक्नु औचित्यहीन रहेको उल्लेख गर ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस