सोल-दक्षिण कोरियाको निर्वाचन आयोगले आफ्नो मतदानको अधिकार प्रयोग गर्न सबै जनतालाई अनुरोध गरेको छ । सो दिन कोरोना संक्रमणका कारण सेल्फ क्वारेन्टाइनमा बसेका हरुले पनि निश्चित प्रकृया पूरा गरेर भोट हाल्न पाउने पनि आयोगले जनाएको छ ।
१५ अप्रिलमा हुन गइरहेको संसदको निर्वाचनमा कोरोना संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न सावधानीहरु अपनाइरहेको छ ।
सोही अन्तरगत, सरकारले अनिवार्य सेल्फ क्वारेन्टाइनमा बसेका कोरियाली नागरिकहरुका लागि निश्चित समय छुट्याएर मतदान गर्न लगाउने तयारी आयोगले गरेको छ ।
आयोगका अनुसार मतदान सक्किने बेला अर्थात बेलुका ६ बजेको समयमा उनीहरुलाई मतदान गर्न लगाउने तयारी भइरहेको छ । त्यसो गर्दा भीडभाड कम हुने तथा संक्रमण रोक्न सघाउ पुग्ने आयोगको ठम्याइ रहेको छ ।
राष्ट्रिय निर्वाचन आयोगले क्वारेन्टाइनमा बसेका हरुका लागि छुट्टै बुथको व्यवस्था गर्ने तथा मतदान स्थलमा जाने जो कोहीको पनि ज्वरो परिक्षण गर्ने र ज्वरो भेटिए उनीहरुलाई छुट्टै बुथमा भोट हाल्न लगाइने छ साथै ति व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाइने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस