सोल-दक्षिण कोरियाले आफ्नो भिसा नितिमा परिमार्जन गरेको छ । हाल विश्वभर फैलिई रहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उसले भिसा सकिएका विदेशी नागरिकहरुलाई भिसा म्याद सकिएता पनि कुनै कानुनी कारवाहि नगरिने जनाएको हो ।
आज विहिवार एक सुचना जारी गर्दै दक्षिण कोरियाली सरकारले सो जानकारी दिएको हो ।
कोरियाली न्याय मन्त्रालयका अनुसार हाल कोरियामा करिव ६० हजार जना विदेशीहरु दर्ता भएर बसेका छन् जसको भिसा म्याद आगामी मे महिनाको ३१ तारिखमा सकिदै छ ।
ती भिसा बाहकहरुको हकमा कोरियाली सरकारले थप ३ महिना कोरियामा बस्न पाउने सुविधा उपलब्ध गराउने छ ।
हाल कोरियामा औषतमा २ हजार ५ सय जनाले हरेक दिन भिसाको म्याद थप्न आवेदन दिने गरेको जनाउदै मन्त्रालयले सो कार्य गरिदा बाटोमा ट्राफिक बढ्ने तथा संक्रमणको खतरा समेत बढेने हुँदा सम्पूर्ण विदेशी पर्यटक तथा राहादानी वाहाकहरुलाई नआत्तिई आफ्नो भिसाको म्याद थप्न अनुरोध समेत गरेको छ ।
कोरियन सरकारले गत फेब्रुवरीमा मात्र १ लाख ३० हजार बिदेशीको भिसा नवीकरण गरेको थियो |
अधिकारीहरुका अनुसार कोरियाको ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुले न्युनतम २ घण्टा सम्मको यात्रा गरेर नविकरण स्थल सम्म जानु पर्ने हुन्छ ।
सरकारले यस अघि अप्रिल १९ सम्म भिसाको मिति थपेको थियो भने पछिल्लो पटक थप ३ महिनाका लागि भिसा मिति थपेको छ । सरकारले भिसा सम्बन्धि अन्य सम्पूर्ण जानकारीका लागि हटलाइन नम्बर १३४५ मा फोन गरेर जानकारी लिन समेत अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस