न्यूयोर्क– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ३५ हजार मानिस संक्रमित भएका छन् भने ८२ हजार १९१ जनाको मृत्यु भइसकेको छ ।
यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।
हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ३६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कूल एक लाख ४२ हजार कोरोना संक्रमित भएको स्पेनमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७४३ जनाको मृत्यु भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् ।
फ्रान्समा भने एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३२८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगिनसकेको बताएका छन् ।
बेलायतमा ६ हजार १५९ जनाको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।
उता इरानमा मृतकको संख्या ३ हजार ८७२ पुगेको छ भने चीनमा ३ हजार ३३३, नेदरल्यान्ड्समा २ हजार १०१, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८२४, टर्कीमा ७२५ तथा ब्राजिलमा ६८८ जनाको ज्यान गएको छ । चीनले काेराेनाभाइरस उत्पत्तिकाे केन्द्र मानिएकाे हुबे प्रान्तकाे उहान शहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएकाे छ ।
करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३६० पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस