सोल- दक्षिण कोरियामा कोरोनाको संक्रमण दर केही कम भएता पनि पूर्ण रुपमा रोकिएको छैन । तर कोरियाली निर्वाचन आयोगका अनुसार कोरियाको संसदीय चुनाव भने कोरोना संक्रमणका कारण रोकिने छैन ।
अधिकारीका अनुसार निर्वाचन तोकिएकै मिति अर्थात अप्रिल १५ मा नै हुने छ । आयोगका अनुसार निर्वाचनका लागि उसले १४,३३० वटा निर्वाचन केन्द्रहरु समेत तोकिसकेको छ ।
निर्वाचन अधिकारीहरुका अनुसार निर्वाचनलाई सबै नागरिकको पहुँचमा राख्न ९९.१ प्रतिशत मतदान केन्द्रहरु भुई तल्लामा नै व्यवस्थित गरिएको तथा बाँकीमा लिफ्टको व्यवस्था गरिएको जनाइएको छ ।
कोरोना संक्रमणको माहामारीका बीच निर्वाचन आयोजना गरिएता पनि सर्वसाधारण जनताले आत्तिन नपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार मतदान केन्द्रमा हरेक मतदाताहरुको वीचमा कम्तिमा एक मिटरको दुरी कायम गरिने छ ।
हरेक मतदाताले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मतदान स्थल प्रवेश पूर्व हरेक नागरिकको तापक्रम परिक्षण गरिने छ र यदी कसैमा शका लागेमा उसलाई छुट्टै स्थलबाट मतदान गराइने छ । मतपेटीका तथा मतपत्र दुबैमा डिस्इनफेक्सन छर्किइने छ भने मतदान खुल्ला वातावरणमा गराइने छ ।
अधिकारीहरुका अनुसार कोरोना संक्रमणका कारण आइसोलेशन तथा क्वारेन्टाइनमा बसेका नागरिकहरुका लागि पनि आयोगले छुट्टै व्यवस्थापन गरेको छ । यदि उनीहरुले मार्च २४ बाट २८ सम्म आवेदन दिएमा उनीहरुलाई इमेल भोटिङ सुविधा उपलव्ध गराइने छ ।
त्यस्तै गरि मतदान स्थलसम्म आउन नसक्नेहरुका लागि भनेर सरकारले घरबाट नै मतदान गर्ने व्यवस्था मिलाएको छ । हालसम्म १०,५३० जनाले सो को लागि निवेदन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस