सोल-दक्षिण कोरियाली सरकारले विश्वभर फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि भन्दै चलाइरहेको सामाजिक दुरी कायम राख्ने अभियानलाई अप्रिल १९ सम्म निरन्तरता दिने भएको छ ।
प्रधानमन्त्री चुङ सेइ क्युनको अध्यक्षतामा बसेको सरकारका उच्च पदस्त अधिकारीहरुको बैठकले कोरोना संक्रमण आशातित रुपमा नियन्त्रणमा नआएको तथा यसबाट बच्ने यथेष्ट उपचार समेत नभएको हालको परिस्थितिमा यहि एक उत्तम विकल्प भएको बताउदै सरकारले सो जानकारी दिएको हो ।
यसअघि सरकारले आगामी आइतवारबाट सार्वजनिक महत्वका कार्यालय तथा शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने योजना ल्याएको थियो तर वर्तमान परिस्थितिमा सो असम्भव भएको बताउदै सरकारले आगामी अप्रिल १९ सम्म देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु तथा सार्वजनिक संस्थाहरु समेत बन्द गर्ने निर्णयलाई जारी नै राखेको बताएको छ ।
सरकारले सो निर्णय प्रथम पटक जनावरी २० बाट लागु गरेको थियो ।
दक्षिण कोरियामा फ्रेब्रुअरी २९ तारिखमा सर्वाधिक ८१३ जना संक्रमित पाइए यता हालसम्म पनि कोरियामा संक्रमणका करिव एक सयको हाराहारीमा नयाँ विरामीहरु पाइएका कारण सरकारले ढुक्कको वातावरण नभएको बताउदै देशभरका नागरिकहरुलाई सरकारको कोरोना विरुद्धको लडाँइमा साथ तथा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस