नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी दिएका छन् ।
विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उनले भने, “दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३२८ वटा राहत केन्द्र तयार पारेको छ ।”
उनका अनुसार लकडाउनका कारण अफ्टयारोमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो ।
“राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौ” उनले भने ।
नयाँ दिल्ली राज्यमा शुक्रवारसम्म ३८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिदै उनले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताएका छन् ।
उनका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ ।
देशभरी शुक्रवारसम्म दुई हजार ३०० भन्दा बढि सङ्क्रमित भएकोमा १५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस