चार्लस्टन– संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ ।
स्थानीय समयअनुसार बुधबार अमेरिकी संघीय अभियोजनकर्ताहरूले गभर्नर जस्टिसले जरिवानाका लागि सहमति जनाएको जानकारी गराए ।
उक्त राज्यमा सञ्चालित ती कोइला खानीमा सन् २०१४ पछि खानी सुरक्षा मापदण्डका करिब दुई हजार ३०० उल्लङ्घनका घटनामा दोषी ठहर गर्दै अमेरिकी श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयमार्फत् गत वर्ष उक्त मुद्दा दर्ता गरिएको थियो ।
अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट गभर्नर निर्वाचित जस्टिसले वर्षौंदेखि कैयौँ संघीय निकायद्वारा जरिवानाका लागि गरिएको ताकेतालाई पटक पटक वेवास्ता गर्दै आएको अभियोजनकर्ताहरूले पत्रकार सम्मेलनमा बताए ।
श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयका उपमन्त्री ड्याभिड जि ज्याटेजालोले भने, “खानी सुरक्षा तथा स्वास्थ्य कानुनलाई उल्लङ्घन गरेबापत् वा खानीमा काम गर्ने श्रमिकको सुरक्षा र स्वास्थ्यको प्रत्याभूत गर्नुपर्ने अमेरिकी कानूनमा व्यवस्था भए बमोजिम खानीमा त्यो सुविधा नभएकोमा खानी सञ्चालकले जरिवाना तिर्नुपर्छ ।” जरिवाना नतिरेमा सञ्चालकहरूलाई खानी सञ्चालन गर्ने अधिकार हुँदैन ।
अभियोजनकर्ताहरूका अनुसार जस्टिसका परिवारले भर्जिनिया, वेस्ट भर्जिनिया, टेनिसी, अलावामा र केन्टुकीमा विभिन्न २४ खानी कम्पनी सञ्चालनमा ल्याएका अनुसन्धानका क्रममा पत्ता लागेको छ । जस्टिस परिवारले तिर्न सहमति जनाएको उक्त जरिवाना गत वर्ष मे महिनासम्मको हो । जस्टिस वेस्ट भर्जिनियाका धनाड्य व्यक्ति मानिन्छन् । उनको कोइला खानी र कृषिमा गरी यस क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको लगानी रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस