टोकियो- जापानको एक अदालतले एक पूर्व नर्स महिलालाई १२ बर्षको जेल जिवन विताइसके पश्चात निर्दोश ठहर गरेको छ ।
अस्पतालमा उपचाररत एक मानिसको मृत्युमा संलग्न भएको आरोपमा तत्कालिन समयमा दोषी करार गर्दै उनलाई कारावासको सजाय दिएको थियो ।
सोही मुद्धामा पुनरावेदन गर्दै अदालतले १२ बर्ष पश्चात उनलाई निर्दोश सावित गरेको हो ।
एक ७२ बर्षिय मानिसको हत्या आरोपमा पक्राउ परेकी ४० बर्षिया मिका निसियामालाई ओत्सु जिल्ला अदालतले ती बृद्ध मानिसको मृत्युमा उनको कुनै प्रकारको षडयन्त्र नभएको जनाउदै मिकालाई सफाय दिएको हो ।
ती बृद्धको अनियमित मुटुको चाल तथा स्वासप्रस्वास समस्याका कारण मृत्यु भएको बताउदै अस्पतालले मिकाको पक्षमा अन्तिम फैसला सुनाएको हो ।
अदालतले सफाइ दिए सँगै रिहा भएकी उनले संक्षिप्त प्रतिकृया दिँदै ढीलै भएता पनि सत्यको जीत भएको बताएकी छन् ।
उनले आफ्नी ६९ बर्षीया आमा सँगै बसेर आफ्नो रिहाइको खुसीयाली मनाएकि छन् । उनीहरुले सो रिहाइको खुसियाली मनाइरहँदा आमा छोरीका गलाभरी आँशु भरिएको थियो ।
उनलाई जापानको सिघा अस्पतालमा सन् २००५ मा भएको एक विरामीको रहस्यमय मृत्यूको जिम्मेवार ठहर गर्दै तत्कालीन समयमा अदालतले जेल पठाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस