बीबीसी – अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका मुख्य सरुवारोग विज्ञ डा. एन्थोनी फाउचीले आइतवार २ लाखको मृत्यु र दशौं लागमा संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।
अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।
का सङ्क्रमितहरू छन्।
सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने बताएका हुन् ।
तर उनले सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताएका छन् ।
उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए।
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो।
तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।
अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन्।
मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसअघि सीएनएनसँगैको कुराकानीमा ुनर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताएकोु बताएका थिए।
यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ।
त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन गाउन र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस