सोल-कोरियामा कोरोना संक्रमण १० हजार हाराहारी पुग्दा कोरियाली राजधानी सोल शहरमा अवस्थित पर्यटकहरुको आकर्षणको केन्द्र समेत रहेको सियोक्चेन लेक पार्क आगामी अप्रिल १२ सम्म बन्द गरिने भएको हो ।
सोल शहरको दक्षिण पश्चिमि क्षेत्रमा अवस्थित उक्त पार्क कोरोना संक्रमणको बढ्दो त्राशका कारण बन्द गरिएको उक्त वार्डका प्रमुख पार्क सुङ सू ले फेसवुक मार्फत जनाएका छन् । गत शनिवारबाट बन्द गरिएको उक्त पार्क अप्रिल १२ पछि स्थिति हेरेर पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् ।
वार्डका प्रमुख पार्क सुङ सूका अनुसार उक्त पार्क भएर स्थानीय नागरिकहरु ओहोर दोहोर समेत गर्ने भएका कारण नियमित रुपमा विहान ५ बजे बाट ९ बजे सम्म आवत जावतका लागि खुल्ला गरिने समेत उनले जानकारी दिएका छन् ।
उनका अनुसार सो निर्णय कोरियाली सरकारको दुरी कायम राखेर रोग सँग लड्ने अभियानकै निरन्तरताको रुप हो ।
यो मौसम कोरिया का विभिन्न स्थानहरुमा चेरी फूल्ने समय हो । चेरीको सुन्दरतालाई नियाल्न यो समयमा कैयौँ मानिसहरु चेरी पार्कहरुमा आउने गर्दछन् ।
जसका कारण कोरियामा चेरी फेस्टिभल नै चल्दछ । तर यस बर्ष कोरोना संक्रमणका कारण कोरियाका धेरै स्थानहरु प्रभावित बनेका कारण योउइदो, चाङवन तथा अन्य शहरमा रहेका चेरी पार्कहरुमा चेरी फेस्टिभल नगरिने समाचारमा बताइएको छ ।
स्मरण रहोस्, कोरियामा कोरोना संक्रमण बाट हाल सम्म ९३३२ जना संक्रमित बनेका छन् भने १४८ जनाले सोहि रोगका कारण ज्यान गुमाइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस