प्योङयाङ-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी हाल पहिले भन्दा बढी शक्तिशाली बन्दै गएको उत्तर कोरिया निकटका सञ्चार माध्यमहरुले बताएका छन् ।
समाचारमा जनाइए अनुसार किम जोङ उनकी बहिनी किम यो जोङ उत्तर कोरियाको वर्कस पार्टीमा पहिले भन्दा शक्तिशाली बन्दै गइरहेको समाचार बाहिर आउन थालेका छन् । उनले पार्टीमा विभिन्न आदेशहरु दिने गरेको खबरहरुमा बताइएको छ ।
विश्लेषकहरुका अनुसार उनको कुटनैतिक क्षेत्रमा पहिलेबाट नै केही हुकुमी शैली रहेको थियो तर हालका दिनहरुमा उनी सो क्षेत्रमा अझ शशक्त रुपमा देखिएकी छन् ।
समाचारमा जनाइए अनुसार जव किम जोङ उन कुनै कामले प्योङयाङ बाहिर जान्छन्, यो जोङ किमको कार्यकारीको रुपमा पार्टी तथा सरकारको देखभाल गर्ने गर्दछिन् । हाल उनीलाई पार्टीको पहिलो सह निर्देशकको रुपमा हेरिन थालिएको भएता पनि औपचारिक रुपमा भने उनको नाम घोषणा गरिएको छैन ।
पहिला उनलाई प्रोपोगाण्डा तथा एजिनेशन विभागको जिम्मेवारी तोकिएको थियो भने हाल उनीलाई सो भन्दा शक्तिशाली अर्गनाइजेशन एण्ड गाइडेन्स विभागको जिम्मेवारी दिइएको उत्तर कोरियासंग निकट रहेका विज्ञहरुले बताएका छन् ।
उक्त विभागलाई पार्टीका गतिविधिहरुलाई शुक्ष्म रुपमा अध्ययन गर्न बनाइएको पार्टी भित्रको पार्टीको उपनाम पनि दिइएको छ । किम यो जोङलाई सैन्य बाहेकका अन्य सबै विधाहरुमा निर्णायक अधिकार दिइएको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस