एजेन्सी – अफगानिस्तानमा आइतबार भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।
देशको उत्तरी कुन्दुज प्रान्तमा भएको घटनामा परी अरु २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ता इश्मातुल्लाह मुरादीले सिन्ह्वालाई बताए अनुसार तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।
देशको कुन्दुजसँग जोडिएको छिमेकी प्रान्त बाघलान र ताखामा पनि भिडन्तका घटना धेरै हुने गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन् ।
खासगरी अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस