एजेन्सी – अफगानिस्तानको पूर्वी कापिसा प्रान्तमा शनिबार भएको गोली हानहानमा सरकार समर्थित चार जना लडाकू र विद्रोही तीन जना लडाकूको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम शेखले तालिबान लडाकूको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेको बताए । दुबै तर्फ झण्डै एक घण्टा गोली हानाहान भएको प्रवक्ता करिमले जानकारी दिएका छन् ।
तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएपनि अफगान सरकार र तालिबानबीच वार्ता हुन सकेको छैन । खासगरी अफगानिस्तानका जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई बिनाशर्त छाड्नुपर्ने तालिबानको मागलाई अफगान सरकारले अस्वीकार गरेका कारण दुबै पक्षबीच वार्ता हुन सकेको छैन ।
शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिकको ज्यान गएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस