एजेन्सी – नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य बोर्नोको अलिनवामा सेनाले गरेको हवाई कारबाहीमा ठूलो सङ्ख्यामा बोको हराम नेता तथा लडाकूको मृत्यु भएको नाइजेरियाली रक्षा मुख्यालयले शुक्रबार जानकारी दिएका छन् । सेनाले यसलाई बोको हराम समर्थक इस्लामिक नेताहरू विरूद्धको सफल कारवाही भनेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता बर्नाड ओनिएउकोद्वारा जारी लागोसमा सिन्ह्वालाई प्राप्त सेनाको विज्ञप्तिमा भनिएको छ, “सेनाले गरेको हवाई कारबाहीमा ठूलो सङ्ख्यामा बोको हराम नेता तथा लडाकू कमाण्डरहरू मारिएका छन् ।”
उनीहरूले अलिनवादेखि पश्चिमका वस्तीहरूमा गोप्य सूचनाका आधारमा कारबाही गरिएको र त्यसबाट ठूलो सङ्ख्यामा बोको हराम निकट अफ्रिकी इस्लामिक स्टेटका लडाकूहरू मारिएका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सेनाले आतङ्ककारी फर्केर पुनः एकीकृत भएर वस्तीहरूमा आतङ्क मच्चाउनसक्ने कुरालाई मध्यनजर राख्दै उक्त क्षेत्रमा निगरानी गरिरहेको पनि बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस