प्योङ्गयाङ्ग- विहिवार एक सार्वजनिक सुचना जारी गर्दै उत्तर कोरियाले मास्क नलगाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न प्रतिवन्ध लगाएको छ ।
कोरोना संक्रमणका कारण सिङ्गो विश्ज आक्रान्त भएको बेला उत्तर कोरियाले आफ्नो देश तथा नागरिकको सुरक्षाका लागि भन्दै सार्वजनिक सवारीमा मास्क अनिवार्य गराएको हो ।
उत्तर कोरियाका अनुसार हालसम्म कोरोना संक्रमणका कुनै विरामीहरु फेला नपरे तापनि उसले हज्जारौँ मानिसहरुलाई स्वास्थ्य कर्मीहरुको निगारानीमा राखेको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भए यता नै उत्तर कोरियाले आफ्ना सम्पूर्ण नाकाहरु बन्द गरिसकेको थियो भने हवाई मार्गबाट यात्रा गर्ने यात्रुहरु माथि पनि कडा निगारानी राख्दै आएको छ ।
समाचारमा जनाइए अनुसार अब उत्तर कोरियाको सार्वजनिक सवारी चढ्ने जो कोहिले पनि आफ्नो शरिरको तापक्रम जचाउनु पर्ने छ ।
यदि कसैमा शंका लागेमा उनीहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गराइने छैन । यता सरकारले उत्तर कोरियाली रेलवे विभागलाई आफ्ना सम्पूर्ण रेलहरुमा क्वारेन्टाइन कक्ष राख्न निर्देशन समेत दिएको छ ।
यता दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाले हाल सम्म कोरोना संक्रमण नभएको भनि दिएको दावीमा कुनै सत्यता नरहेको जनाएको छ ।
उसले पछिल्ला दिनहरुमा गरिरहेका विभिन्न अभ्यासहरुबाट उत्तर कोरिया पनि कोरोना संक्रमण बाट प्रभावित रहेको सहज अनुमान लगाउन सकिने विज्ञहरु बताउदछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस