योकोहामा- जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।
तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुले ‘मानसिक रोग’का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए ।
उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोशी आउनुमाले अदालतको फैसला सुनाउँदै भन्नुभयो, ‘१९ जनाको जीवन समाप्त भयो । यो अति भयानक घटना हो ।’
प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको उहाँले बताउनुभयो ।
सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनु पर्ने मागदाबी गरेका थिए । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ । अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए ।
सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए । तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए । उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए ।
उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस