काठमाडौं – क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् ।कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्याङ छोडेका छन्।
उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ। उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ।
उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन्। फेब्रुअरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन।
‘बाध्यकारी’
कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको थियो। रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति “बाध्यकारी” भएको टिप्पणी गरेका छन्।
उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्। उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ।
उडान KOR271 स्थानीय समायानुसार बिहान ८:४० बजे प्योङ्याङबाट उडेको र भ्लादिभोस्तिकमा १०:४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ।
उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ। उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन।
धेरै दूतावास बन्द
उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्।
राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ। उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन्।
उत्तर कोरिया सरकारले झन्डै ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारन्टीनमा बस्न लगाएको थियो। तीमध्ये अधिकांश प्योङ्याङस्थित विदेशी नियोगमा कार्यरत कूटनीतिज्ञ र कर्मचारी थिए। तर हिँडडुलका लागि लगाइएको प्रतिबन्ध गत साता फुक्का भयो।
अहिलेसम्म विश्वभरि १,०७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण र झन्डै ३,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस