एजेन्सी-अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल टुवाइज्रीलाई पदबाट बर्खास्त गरेका छन्।
साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल जदानलाई दिइएको जनाएको छ।
टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ। १० दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालयहरु पर्यटन, खेलकुद र लगानी सिर्जना गर्नु भएको थियो ।
गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल फालिहलाई लगानी मन्त्रीका रुपमा पुन नियुक्ती गरिएको थियो। गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो।
विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकाँक्षी भिजन-२०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ। तर नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस