एजेन्सी-टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु एकापसमै कुटपिटमा उत्रिएका छन्।
एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायिप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो। प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए।
राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन्। जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए।
उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए। संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए। झगडाको क्रममा केही सांसदले कुर्सीमाथि टेकेर एक अर्कालाई मुड्की प्रहार गरेका थिए। केहीले सांसदले भने झगडा रोक्ने प्रयास गरेका थिए। केही सांसद त हुलमुलमा भुइँमा पल्टिएका थिए।
टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ। प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ।
अहिले टर्किस संसदको झगडाको भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस