एजेन्सी-सिरियाको उत्तरपश्चिम प्रान्त इड्लिबमा टर्कीले गर्ने सैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिकाले आवश्यक हातहतियार उपलब्ध गराउने तयारी गरेको छ।
“टर्की नेटोको सदस्य राष्ट्र हो। टर्कीका अधिकांश सैनिकले अमेरिकी हातहतियारको प्रयोग गरिरहेका छन्। हामीले ती हातहतियार तयारी अवस्थामा रहेको र प्रयोगयोग्य रहेको पनि सुनिश्चित गर्नु पर्दछ।” सिरिया मामिलासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले मङ्गलबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।
यसबाहेक, टर्कीका लागि अमेरिकी राजदूत डेभिड स्याटरफिल्डले संवाददाताहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले जमिनबाट हावामा आक्रमण गर्न सक्ने प्याट्रिओट क्षेप्यास्त्रका लागि टर्कीले गरिरहेको अनुरोधमाथि विचार गरिरहेको बताए। सिरियाको इड्लिब प्रान्तमा पछिल्लो केही समयदेखि भिषण युद्ध जारी छ। इड्लिब प्रान्त टर्कीसँग सीमा जोडिएको क्षेत्र हो।
राष्ट्रपति बसार अल असाद नेतृत्वको सिरियाली सरकारले इस्लामिक लडाकूले आश्रय लिएर बसेको इड्लिबमा केही समयदेखि हवाई तथा स्थल सैन्य कारबाही जारी राखेको छ। यो प्रान्त विद्रोहीहरु रहेको सिरियाको सबैभन्दा बलियो अखडा हो। सिरियाली सेनाले गरेको हवाई कारबाहीमा हालैमात्र ५० जनाभन्दा बढी टर्कीका सैनिकको मृत्यु भइसकेको छ। प्रत्युत्तरमा टर्कीले सिरियाका धेरैवटा लडाकू विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ।
पछिल्लो भिडन्तले टर्की, सिरियाली सरकार र रसियाबीच गम्भीर मतभिन्नता उत्पन्न गराएको छ। टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा पूर्व निर्धारित सीमारेखाभन्दा भित्र सिरियाली सेना प्रवेश गरे टर्कीले सिरियाली सेनाविरुद्ध नै कारबाही गर्ने चेतावनी दिएको छन।
सिरियाली सरकारले भने टर्की र संयुक्तराज्य अमेरिकाले सिरियाको इडलिबमा रहेका विद्रोही लडाकूलाई सुरक्षा दिइरहेको आरोप लगाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस