काठमाण्डौ-अब कामदार भिसामा अमेरिका जान पाइने भएको छ। उच्च शिक्षा प्राप्त गरेका ‘एचवान बी’ कामदारका लागि अमेरिका रोजगारदाताले भिसा खुलाएको छ। अमेरिकी रोजगारदाताले क्षमतावान् उच्च शिक्षा प्राप्त कामदारको लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेसन दिन लागेको हो।
नेपाली कामदार भिसामार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले हिजो आइतबार (मार्च १) बाट नै आवेदन खुलाइएको छ। युएससीआईएसको सूचनाअनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
भिसाका लागि आवेदन दिन स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ। पहिलो वर्षका लागि ६५ हजारले अमेरिका प्रवेश पाउनेछन्। यसका लागि आवेदन निर्धारित समयसम्मका विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ।अनलाइन फारमको लागि १० डलर लाग्नेछ भने फारम भरेपछि आवेदकले युएससीआइएसले ‘कन्फर्मेसन कोड’ पठाउने छ। यसको लागि आवेदकहरूले यही मार्च ३१ मा नै छनोट भएको वा नभएको यकिन नतिजा हेर्न पाउनेछन्।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस)का अनुसार सो भिसा आव २०२१ का लागि खोलिएको हो। एच वानबी भिसाको व्यवस्थाले अमेरिकी रोजगारदातालाई विशेष पेसामा काम गर्ने गैरअमेरिकी अस्थायी कामदारलाई भिसा प्रदान गर्छ ।
कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउन युएससिआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ। युएससिआइएसले कन्फर्मेसन नम्बर उपलब्ध गराउँछ र सोही आधारमा छनोट हुनेको नामा मार्च अन्तिममा सार्वजनिक हुनेछ ।
यस्तै, नतिजा सार्वजनिक भएपश्चात् छनोट भएका आवेदकहरूले एचवानबी भिसा प्रक्रिया अगाडि बढाउने सक्नेछन्। साथै, तोकिएको सबै प्रक्रिया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने उल्लेख गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस