टोकियो – चीनबाट विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हरेक मानिस त्रसित छन् । यो रोगबाट बच्ने पहिलो उपाय भनेको आफ्नो स्वासप्रस्वास प्रणालीलाई स्वस्थ राख्नु । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न चीनमा मानिसहरुले मास्कको प्रयोग गरे । जव मास्क पाइन छाड्यो, तव मानिसहरुले विभिन्न अन्य रचनात्मक उपाय निकाल्न थाले । कसैले फलफूलका बोक्राहरुको प्रयोग गरे, कसैले प्लास्टिक बोतल, कसैले सेनेटरी प्याड त कसैले ब्रा ।
तर जापानमा भने मास्कको हाहाकार हटाउन नयाँ तरिका अपनाइएको छ । जापानीहरुले घरमै बनाएको मास्कको प्रयोग गर्न थालेका छन् । उनीहरुले बनाएको घरेलु मास्क हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रुमाल, कफि फिल्टर तथा इलास्टिकको प्रयोग गरि कसरी मास्क बनाउन सकिन्छ भन्ने विषय समेटिएका भिडियोहरु इन्स्टाग्राममा भाइरल हुन थालेका छन् ।
यता स्वास्थ्य विज्ञहरु भने साबुन पानीले राम्ररी हात धुनु मास्कको प्रयोग भन्दा राम्रो भएको बताउछन् भने यसरी बनाइएका मास्कहरुको विश्वसनियतामा पनि प्रश्न चिन्ह खडा गरेका छन् । सर्जिकल मास्क किन्न पाउनु लगभग मुस्किल नै भएका बेला यसरी रचनात्मकता देखाउनु सरहानीय काम भएता पनि सो काम कति सुरक्षित छ भन्ने बारेमा पनि अध्ययन हुन जरुरी रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस