काठमाडौं-कोरियाका रहेका नेपालीहरुका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन एक बिज्ञप्ति जारी गरेर नेपालीहरुमा आग्रह गरेको छ। हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेका छन्।
पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो।
नेपाली राजदूतावास सोलले हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। थेगु र आसपासका क्षेत्रमा सात हजार नेपाली इपिएसमार्फत काम गरिरहेका छन्। भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ।
राजदूतावासले कोरोनाको संक्रमण भएको आशंका भएमा स्वास्थ्य संस्थाहरुमा गएर चेक जाँच गर्न नेपालीहरुलाई आह्वान गरेको छ। अवैधानिक रुपमा कोरिया बसेकाहरुमा माथि पनि कोरिया सरकारले कोरोना जाँचका क्रममा सोधपुछ र देश फिर्ता नगर्ने विज्ञप्तिमा जनाइएको छ।
‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानूनी हैसिुयतका बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको सम्बन्धमा कोयिरयाको अध्यागनमन विभागले गरेको लिखित पत्राचार बारे प्रषित गरिएको थियो ’ विज्ञप्तिमा भनिएको छ।
‘सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्क्त प्रयासहरुका वावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझ बढी सजग र सचेत हुन जरुरी छ । विभिन्न कोरियाली निकायहरुबाट प्राप्त सचेतना र सुरक्षाका उपायहरु दूतावासले आफ्नो वेवसाइट मार्फत जानकारीलागि प्रचार समेत गर्दै आएको छ ।’ विज्ञप्तिमा भनिएको छ।
केही समय अघि चीनको हुबेई प्रान्तको बुहान शहरबाट कोरोनाका भाइरसको संक्रमण शुरु भइ विश्वका विभिन्न देशहरुमा फैलिएको छ।
कोरियामा पनि सिमित संख्यामा कोरोना भाइसरको संक्रमण देखिएको केही दिन अघिबाट यो फैलिँदै गएको विज्ञप्तिमा जनाइएको छ। दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरुमा जनाइए अनुसार फागनु १० गतेसम्म दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ४०० नाघिसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस