एजेन्सी – चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले बताएका छन् ।
तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने उनले बताए ।
दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन पुगेका आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको बताए ।
करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।
आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३।३ प्रतिशतमा झारेको थियो । सन् २०१९ मा आर्थिक वृद्धि दर २।९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो ।
विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।
महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरे ।
चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भने, “हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौं ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस