टोकियो- जापानमा हुने सवारी दुर्घटना मध्ये १४ प्रतिशत ज्येष्ठ जनगरिकका कारण हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।
७० बर्ष वा सो भन्दा बढी उमेर समुहका मानिसहरुले चलाएका साना तथा ठूला सवारिसाधनहरु बढी गम्भिर दुर्घटनामा पर्ने गरेको पाईएको छ ।
सो उमेर समुहका मानिसहरुबाट सन् २०१८ मा ५९ वटा ठूला दुर्घटना भएका र सन् २०१९ सम्ममा आउदा सो संख्या बढेर ४०१ पुगेको जापानको राष्ट्रिय प्रहरीले बताएको छ ।
प्रति एक लाख सवारी चालक अनुमति पत्र बाहक मध्ये ७५ बर्ष माथिका बाहकहरुले ६.९ प्रतिशत ठूला दुर्घटना गराएको तथा ज्येष्ठ नागरिक तर ७५ बर्ष भन्दा कम उमेर समुहका अनुमति पत्र बाहकहरुले ३.१ प्रतिशत गम्भिर प्रकृतिका दुर्घटना गराएका छन् ।
बिभिन्न क्षेत्रमा सो उमेर समुहका मानिसहरुले गराएका गम्भिर प्रकृतिका दुर्घटनाहरुलाई मुल्याङ्कन गर्दै जापानको नेशनल पुलिस एकेडेमीले सवारी चालक अनुमति पत्र नविकरण सम्बन्धि कानुन तथा प्रकृया परिमार्जन गर्न प्रतिवेदन समेत तयार गरिसकेको छ ।
सो उमेर समुहका मानिसहरुले चलाएका सवारी साधनहरुले पोल हान्ने, ट्राफिक लाईट राम्ररी नदेखेर भयङ्कर दुर्घटना समेत गराउने गरेको पाइएकाले प्रहरीले नविकरणमा कडाई गर्ने रणनिती सहितको प्रतिवेदन सरकार तथा स्थानिय यातायात व्यवस्था विभागलाई बुझाएको प्रहरि श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस