एजेन्सी-आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन। दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिएका हुन्। केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले सपथ ग्रहण गराएका हुन्।
आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेको तर मोदी आफ्नो व्यस्थताका कारण उपस्थित हुन नसकेको बताएका छन। प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका थिए।
शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्ता नपठाइएको आपले जनाएको छ। सभामा दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय काँङ्ग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो।
केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन मुख्यमन्त्रीले अपिल गरेअनुसार समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए। सपथ ग्रहणसँगै मुख्यमन्त्री केजरीवालले आफ्ना मतदाता तथा शुभेच्छुक सबैलाई सम्बोधन गरेका छन्। केजरीवालले आफूलाई फेरि एकपटक जिम्मेवारी दिएको भन्दै दिल्लीवासीलाई धन्यवाद दिएका छन्।
यसैबीच, प्रतिपक्षी नेताहरूले दिल्लीमा केही निः शुल्क सेवा उपलब्ध गराइएकोमा गरेको आलोचनाप्रति हल्का टिप्पणी गर्दै यो दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताए।
दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति “दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो।” केजरीवाल भनेका छन्।
केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन्। प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ। आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रावणकुमारको समर्पण सबै निःशुल्क थिए। केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन् त्यसैले केही सेवा निः शुल्क उपलब्ध गराइएको हो। केजरीवालले संभोधनमा भनेका छन्।
फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो। सन् २०१५ जस्तै काँग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन।
अरविन्द केजरीवालले सन् २०१३ मा काँग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए। त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस