काठमाडौँ– नेपाल–अष्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।
सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनाताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साठी वर्षअघि आजकै दिन नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
द्विपक्षीय सम्बन्ध स्थापनको ६०औँ वर्ष प्रवेशका अवसरमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले आज साँझ राजधानीमा स्वागत समारोह आयोजना गर्दै छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस