सोल-जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेश मन्त्रीका साथ त्रिपक्षीय भेटवार्ता पनि हुन लागेको मन्त्रालयले बताएको छ।
कोरियाली विदेश मन्त्री काङ क्यूङ ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्ने तय भएको छ। त्यसै दिन दुबै मुलुकका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम छ। उक्त भेटमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण तथा मध्यपूर्व मामिलाका विषयमा छलफल हुने बताइएको छ।
काङ, पोम्पेओ र मोटेगीबीच गत महिना अमेरिकाको सान फ्रान्सिस्कोमा त्रिपक्षीय भेटवार्ता भएको थियो। काङ र पोम्पेओबीच पनि म्युनिखमा अलग्गै द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ, तर त्यस्तो बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन।
जापानी विदेश मन्त्री मोटेगीसँगको भेटवार्तामा कोरियाली विदेश मन्त्री काङले कोरियामाथि जापानले लगाइरहेको निर्यात प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
जापान र कोरियाबीच पछिल्लो समय दोस्रो विश्वयुद्धको समयका कोरियाली युद्धबन्दीका साथै सैनिक गुप्तचरी सूचना आदानप्रदानका विषयमा विवाद उत्पन्न भएको छ। यिनै विषयले दुई मुलुकबीच उच्च प्रविधिका सामानको आयात निर्यातमा समस्या चुलिएको छ।
उक्त द्विपक्षीय भेटवार्ताका क्रममा चीनबाट फैलिएको कोरोना भाइरस र त्यसको असरका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ। चीनबाट फैलिएको कोरोना भाइरसबाट कोरिया र जापानलाई पनि प्रभावित भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस