सोल-भन्सार अधिकारीहरुका अनुसार गैरकानुनी रूपमा निर्यात गर्न लागिएका ७ लाख ३० हजार मास्क जफत गरिएको छ ।
सरकारी अधिकारीले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाईरसको प्रकोपपछि हाहाकार भएका मास्क गैरकानुनी रुपमा निर्यात गर्ने बुझिए पछि अनुगमन गर्दा एक हप्तामा त्यति परिमाणमा मास्क जफत गरिएको बताईएको छ ।
कोरियाली भन्सार विभागका अनुसार ६२ वटा केशमा १ लाख तथा १० वटा पानीजहाजमा अन्य ६ लाख ३० हजार वटा मास्क राखिएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएका मास्कको मुल्य करिव १.१८ मिलियन अमेरिकी डलर पर्दछ ।
कोरियाली सरकारले गत बुधवार नै एक सूचना जारी गरेर मास्क तथा हात सफा गर्ने सेनिटाईजरको अबैध निर्यात गर्नेलाई २ बर्ष कैद र ५० मिलियन ओन जरिमाना हुने जानकारी गराएको थियो ।
कोरोना प्रकोप पश्चात सरकारले १००० भन्दा बढी मास्क निर्यात गर्न परेमा सरकारी स्विकृति लिन पर्ने व्यवस्था गरेको छ ।
हालसम्म कोरियाबाट अबैध रुपमा मास्क निर्यात गर्नेमा अधिकांश चिनीया नागरिक रहेका छन् भने हालै पक्राउ परेका भने कोरियाली नागरिक रहेका छन् ।
चिनियाहरुले अधिकतम २५०० सम्म मास्क निर्यात गर्न लाग्दा पक्राउ परेका थिए भने कोरियनहरु यति धेरै परिमाण सहित पक्राउ परेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस