सोल-हालै गरिएको एक सर्वेक्षण अनुसार दक्षिण कोरियाली विद्यार्थिहरुले उत्तर कोरिया प्रति नकारात्मक सोच राख्ने मात्र नभई शत्रुता पुर्ण व्यवाहार समेत गर्ने गरेको पाईएको छ ।
अक्टोवर २१ बाट नाेभेम्बर २१ सम्म देशभरका करिव ६४ हजार जनामा गरिएको सर्वेक्षणमा सो तथ्य आएको हो ।
बिद्यार्थीहरुले उत्तर कोरिया भन्ने बित्तिकै क्रुर शाशन, शैनिक शाशन, हातहतियारको जुवारी खेल्ने क्षेत्र तथा गरिविले ग्रस्त भन्ने जवाफ दिने गरेका छन् ।
४३.८ प्रतीशतले उत्तर र दक्षिण कोरिया मिलेर अगाडी बढ्न पर्ने बताएका छन् भने ३५.८ प्रतिशतले भने दक्षिण कोरियाले आफ्नो सुरक्षालाई मजबुत राख्दै उत्तरको खासै वास्ता नगर्दा पनि हुने सल्लाह दिएका छन् ।
त्यस्तै दक्षिण कोरियाले उत्तर कोरियालाई सहयोग गर्नुपर्छ भन्ने करिव १२.८ छन् भने ८.१ प्रतिशतले उत्तर कोरियालाई दुस्मनको रुपमा लिएका छन् ।
उत्तर कोरिया भन्ने बित्तिकै के बुझ्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ३१.८ प्रतिशतले सैनिक शाशन भएको, ८ प्रतिशतले गरिवि, २१ प्रतिशतले पुनर्मिलन, तथा ३६.६ प्रतिशतले कोरियाली प्रायद्वीपमा शान्ती चाहिएको जवाफ दिएका छन् ।
यी बालबालिकाहरुको राय यसरि आउनुमा दुई कोरिया विच हुने भनिएका वार्ता समयमा नहुनु र भएका वार्ता पनि टुङ्गोमा नपुग्नु तथा उत्तर कोरिया सँगको परमाणु हतियार निशश्त्रिकरण सम्बन्धि वार्ता निश्कर्षमा नपुग्नु प्रमुख कारक रहेको सर्वेक्षणले बताएको छ ।
अमेरिकाले उत्तर माथि नाकाबन्दी कस्नु, आक्रामणको धम्की दिनु, उत्तरले पनि जवाफमा क्षेप्यास्त्र निरन्तर प्रक्षेपण गर्नु, अमेरिकाले दक्षिणसँग सम्युक्त सैन्य अभ्यास गर्नु आदी पनि कोरियाली प्रायद्वीप अशान्त हुने कारक हुन् । यदि यी समस्याहरुको बैज्ञानिक र दिगो समाधान नखोजिए कोरिया शान्त भएर रहन नसक्ने पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस