टोकियो- विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई मुल्याङ्कन गर्दै जापानले चीनसँग सिधा हवाई सेवा रहेका आफ्ना १३ वटा क्षेत्रिय विमानस्थलबाट चीन सँगको सम्पुर्ण हवाई सेवा बन्द गर्ने भएको छ । विमानस्थल सञ्चालन समितिका एक प्रतिनिधिले आयोजित पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका हुन् ।
चिनको सांघाई, हुवान लगायत सँग सिधा हवाई सम्पर्कमा रहेका जापानी शहर ईवाराकी, नागाशाकी, कागोसिमा लगायतका शहरमा रहेका विमानस्थलहरुमा अब चिन सँग आउने आइतवार पश्चात कुनै प्रकारको हवाई सम्बन्ध नराख्ने अधिकारीले बताएका हुन् ।
यो निर्णय अत्यन्त गम्भिर छ र यसले आन्तरिक रुपमा पर्यटनलाई अत्यन्तै नकारात्मक असर गर्दछ तर जनताको सुरक्षा भन्दा पर्यटन महत्वपुर्ण नरहेको जापानी पर्यटन मन्त्री काजुयोशी अकाबाले बताएका छन् ।
सेन्डाई, मेत्सुयामा लगायतका विमानस्थलमा पनि आईतवारबाट हवाई सम्पर्क बन्द हुने छ, पर्यटन मन्त्रीले बताए । हाल चिनिया विमान कम्पनिहरुको तर्फबाट नै उडान रद्द गर्ने कार्य भईरहेकाले आफुहरुले पनि सो कदम चालेको मन्त्रालय श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस