एजेन्सी-गत बर्षको अन्त्यबाट चीनको वुहान शहर आसपासबाट फैलिएको संक्रामक नोवेल कोरोना भाइरसबाट यात्रुहरू संक्रमित भएको पाइएपछि जापानमा एउटा पानीजहाज नै छुट्टै क्वारेन्टाइनमा राखिएको छ। उक्त डायमन्ड प्रिन्सेस क्रुजसिपमा करिब २५ सय जना यात्रुहरु छन्। उनीहरूलाई क्याबिनमै खाना दिइन्छ भने क्रुजसिपमा सवार यात्रुहरुलाई दैनिक ६ फिट वरपरमात्र हिँड्न दिइएको छ।
उक्त डायमन्ड प्रिन्सेस क्रुजसिपमा यात्रुहरू बसेको तलामुनि चालक दलका १ हजार जना कार्यरत छन्। उनीहरूले अहिले दिनरात नभनीकन यात्रुहरूका लागि खाना बनाईरहेका छन्। चालक दलका १० जनालाई पनि कोरोनाको संक्रमण देखिएको छ। आइतबार उनीहरूलाई भाइरस लागेको छ भन्ने थाहा हुनुभन्दा अघिसम्म उनीहरू साथीहरूसँगै खाना खाइरहेका थिए। पानीजहाजमा कति जनालाई संक्रमण छ भने एकिन छैन किनकी जापानी अधिकारीहरूले सबै यात्रुलाई जाँच गर्न सकेका छैनन्। उनीहरू बुफे स्टाइलमा खाना खान्छन् र चार जनाले एउटै बाथरूम प्रयोग गरिरहेका छन्। क्रुजसिपमा एकातिर बस्नको पीर छ भने अर्कातिर खतरनाक कोरोना भाइरसले आफूलाई पनि आक्रान्त पार्ला भन्ने डरमा उनीहरू बाँचिरहेका छन्।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म पानी जहाजमा रहेका १३५ यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये कम्तिमा पनि २० जना अमेरिकी नागरिक छन्। चीनको वुहानपछि एकै ठाउँमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भएको ठाउँ यही पानीजहाज हो।जापानले सबै यात्रुलाई जाँच्न आफूसँग पर्याप्त स्रोत नभएको बताएको छ। उक्त पानीजहाज फेब्रुअरी ४ देखि दुई साता लामो क्वारेन्टाइनका लागि ओकोहामा बन्दरगाहमा राखिएको छ।
जहाजभित्र काम गर्ने भारतीय नागरिक विनय कुमार शंकरले ‘द डाइमन्ड प्रिन्सेस क्रुजसिप एउटा सानो सहरजस्तो बनेको छ,’ भनेका छन्।, ‘यहाँ भाइरस सजिलै फैलन सक्छ। फेसबुक भिडियोमा उनले भाइरस लाग्नुभन्दा पहिला नै आफू र अरू भारतीयलाई उद्दार गर्न भारत सरकार समक्ष आग्रह गरेका छन्।
उक्त डायमन्ड प्रिन्सेस क्रुजसिप भित्र काम गर्ने धेरैजसो मानिसहरु विकासशील देशका रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस