बेइजिङ-विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरससँग लड्न सिङ्गो विश्व एक भएर लागि परिरहेको छ । ठोस उपचार बिधि पत्ता नलागे तापनि हाल विश्वभरका अनुसन्धान केन्द्रहरु उक्त रोग बिरुध्दको भ्याक्सिन उत्पादनका तथा तथ्य केन्द्रित अनुसन्धानका क्षेत्रमा क्रियाशील भईरहेेका छन् ।
हाल अक्स्फोर्ड विश्वविद्यालयको एक खोज केन्द्रले भ्याक्सिन उत्पादनको प्रारम्भिक चरण पुरा गरेको बताउदै ईटालीयन भ्याक्सिन निर्माता कम्पनि एड्भेन्ट सिर्ललाई प्राथमिक परिक्षणको रुपमा १००० डोज भ्याक्सिन उत्पादन गर्न अनुमति समेत दिईसकेको छ ।
जेनर ईन्स्टिच्युटका प्राध्यापक डा. साराह गिल्वर्टका अनुसार मध्य पुर्वमा पहिले फैलिएको सोहि भाईरस लाई निर्मुल बनाउन प्रयोग गरिएका बिधि तथा प्रक्रिया अपनाई सो भ्याक्सिन निर्माण गरिएको छ । उनका अनुसार हाल उक्त भ्याक्सिन निर्माण गर्न धेरै चुनौतिहरू छन् । त्यसलाई चाहिने औषधी जन्य पदार्थ, निर्माणमा लाग्ने समय तथा पर्याप्त रूपमा सुलव उपलब्धता यो भ्याक्सिन निर्माणका चुनौतिहरु हुन् । साथै उनले चीनले कोरोना बिरुद्द लड्न गरेको प्रयासको प्रशंसा पनि गरे ।
यता चीनमा पनि उक्त भाईरस बिरुद्द लड्न भ्याक्सिन उत्पादनको काम शुरु भएको छ र अबको करिव ४० दिनमा उक्त भ्याक्सिन सर्वसुलव बनाउने टोङ्जी विश्वविद्यालय अन्तरगतको साङ्घाई ईस्ट मेडिकल हस्पिटलका एक अधिकारीले बताएका छन् ।
यता बेलर कलेज अफ मेडिसिनले अमेरिकाको टेक्सस विश्वविद्यालय सँगको सहकार्यमा भ्याक्सिन उत्पादनको कामलाई तिब्रता दिएका छन् ।
यी बाहेक विश्वका अन्य धेरै मेडिकल कम्पनि तथा विश्वविद्यालयहरु पनि कोरोना भाईरस बिरुद्दको खोप आविश्कारमा निरन्तर रुपमा अगाडी बढिरहेका छन् । ‘आशा छ अबको छोटो समयमा नै विश्वभर आतङ्क फैलाईरहेको कोरोना भाईरस विरुद्दको लडाई सफलता तर्फ उन्मुख हुने छ’ एक अमेरिकी स्वास्थ्य विज्ञले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस