एजेन्सी-भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि शनिबार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ७० विधान सभा सदस्यका लागि मतदान भइरहेको हो। मतदानका लागि मतदाताहरु बिहानैदेखि मतदान केन्द्रमा लाईन लागेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।
निर्वाचनमा विशेष गरेर दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यसअघिको निर्वाचनमा अत्यधिक बहुमतका साथ आम आदमी पार्टी विजयी भएको थियो। कुल ७० सिटमा आम आदमीले ६७ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ३ सिट मात्रै जितेको थियो। अर्को प्रमुख दल मानिने भारतीय काँग्रेसले त एक सिट पनि नजितेर चित्त बुझाउनु परेको थियो ।
भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको नयाँ दल भएकाले उसप्रतिको आशा र भरोसाका कारण आम आदमी पार्टीले त्यतिबेला दिल्ली विधानसभामा अत्यधिक मत हासिल गरेको थियो। अहिले भएको मतदानको नतिजा दुई दिनपछि आउने छ ।
१ करोड ४० लाखभन्दा बढी मतदाता रहेको दिल्लीमा यसपटकको चुनावका लागि कुल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। आम आदमी पार्टी दोस्रो पटक पनि सत्तालाई निरन्तरता दिने कोसिसमा छ भने लगातार तीन पटक दिल्लीको सत्तामा रहेको काँग्रेसले आम आदमिबाट सत्ता खोस्ने दाउमा रहेको छ। केन्द्रीय सत्ताको नेतृत्व गरेको भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको देखिन्छ।
दिल्लीमा यसअघि सन् २०१३ को डिसेम्बरमा भएको विधानसभामा भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन्। तर आम आदमी पार्टी नै सबैभन्दा ठूलो दल बनेको थियो।
सुरुमा काँग्रेससँग मिलेर सरकार बनाएको आम आदमीले ४९ दिनपछि सरकारबाट बाहिरिएर नयाँ चुनावको माग गरेको थियो । राम्रा काम गर्न पूर्ण बहुमतसहितको सरकारको आवश्यकता पर्ने भएकाले साथ दिन आह्वान गरेको आम आदमी पार्टीलाई जनताले अपेक्षा गरेभन्दा बढी साथ दिए।
ऐतिहासिक सफलतासहित पार्टीका नेता अरविन्द केजरीवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ। नयाँ सरकारमा फेरि केजरीवालले मौका पाउने की अन्य पार्टीको भाग्य खुल्ने छ भन्ने कुराको फैसला शनिबार हुने भएको हो।
प्रमुख प्रतिस्पर्धी दलहरुका बीचमा चुनाव प्रचार प्रसारका क्रममा एक अर्काप्रति चर्को आरोप प्रत्यारोप चलिरहेको थियो। उनीहरुले विवादास्पद अभिव्यक्ति पनि दिएका थिए। केही नेताहरुलाई त निर्वाचन आयोगले केही समयका लागि निलम्बन र प्रतिबन्ध लगाउनु परेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस