सोल-चीनको हुवेवी प्रान्तमा फैलिएको कोरोना भाईरसका कारण चीनमा मात्र नभए सिङ्गो विश्वमा नै नकारात्मक असर परिरहेको छ । यो असर स्वास्थ्य क्षेत्रमा मात्र नभई विश्व अर्थतन्त्रमा पनि ब्यापक रुपमा पर्न थालेको छ । यसको पछिल्लो उदाहरण हो कोरियाली मोटर उत्पादकहरूले आफ्नो उत्पादन बन्द गर्नु ।
हुण्डाई, किया लगायतका मोटर उत्पादक कम्पनिहरुले आफ्नो उत्पादनका लागि आवश्यक पाटपुर्जाहरु चीनबाट ल्याउने गर्दथे । तर कोरोना भाईरसको सन्त्रासका कारण चीनमा रहेका ती कम्पनिहरुका पार्ट्स उत्पादकहरूले आफ्नो उत्पादन अस्थायी समयका निम्ति बन्द गरेका कारण कोरियाली मोटर्स कम्पनिहरु मारमा परेका हुन् ।
फेब्रुअरी ९ तारिखसम्म चिनका अटो पार्ट्स उत्पादक कम्पनिहरुले आफ्नो उत्पादन बन्द गरेका कारण केहि कोरियाली मोटर्स कम्पनिहरुले जनावरी २४ बाट नै आफ्नो उत्पादन बन्द गरेका थिए भने केहिले आगामी सोमबारबाट आफ्नो उत्पादन बन्द गर्दै छन् ।
हुण्डाई कम्पनिका एक अधिकारीका अनुसार फेब्रुअरी ९ सम्म सामान उत्पादन बन्द गरे कम्पनि एकदम कठीन समयमा चल्ने तर ९ तारिखपछि पनि उत्पादन सुरु नगरे उत्पादक कम्पनिहरु गम्भिर आर्थिक संकटमा जाने बताएका छन् ।
एसियाली आर्थिक संकटबाट सन् १९९७ मा आफ्नो उत्पादन गरेको हुण्डाईले त्यसपछि पहिलो पटक आफ्नो उत्पादन बन्द गर्ने कम्पनिका एक प्रतिनिधिले बताए ।
चीनसँग आश्रीत नभएता पनि कोरोना रोगको सन्त्रासका कारण सामसुङ मोटर्सले पनि केहि समयका लागि आफ्नो उत्पादन बन्द गर्दैछ ।
कम्पनि यदि ५ दिन बन्द भएमा ३० हजार हजार गाडीहरू उत्पादन हुनबाट रोकिने छ । यसको मतलव कम्पनिलाई करिव ५०५ मिलियन अमेरिकि डलर बराबरको घाटा हुने छ । यदि ५ दिन भन्दा पनि बढी बन्द गर्नुपरेमा क्षति अपुरणीय हुने छ भन्दै अधिकारी तथा कम्पनी प्रतिनिधिले चीनस्थित पार्ट्स उत्पादकसँग उत्पादन सुचारु गर्न वार्ता गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस