एजेन्सी-गत डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले अहिलेसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ। सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चिनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ।
पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन्।
चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २४० जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ। अहिलेसम्म हङकङ र फिलिपिन्समा २ जना व्यक्तिको मृत्यु भएको छ।
पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ।
त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा ६ क्यानडामा ५, संयुक्त अरब इमिरेट्समा ५ , बेलायतमा ३, भारतमा ३, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) ३ व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
रूस र इटाली मा २/२ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा १/१ जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस