सिन्ह्वा – साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
रोगजन्य भाइरसका रूपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो ।
अहिले घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरूले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन् ।
साउदी अरबका कृषि अधिकारीहरूले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् ।
साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरू तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरूले बताएका छन् ।
मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस सङ्क्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस