सोल-कोरियन संस्कृति तथा सुचना सेवा केन्द्र (कोसिस) ले हालसालै गरेको एक अध्ययनका अनुसार ७६.७ प्रतिशत बिदेशीहरुले दक्षिण कोरियाप्रति सकारात्मक धारणा रहेको पाईएको छ ।
गत बर्ष जुलाई १८ बाट अगष्ट २२ सम्म विश्वभरका १६ देशका करिव ८ हजार जना बिदेशी नागरिकमा गरिएको उक्त अध्ययनमा सो तथ्य पाईएको हो ।
कोसिसले सन् २०१८ बाट बिदेशी नागरिकहरुबाट कोरिया प्रतिको धारणा अध्ययन सुरु गरेको थियो । सो बर्ष करिव ८०.३ प्रतिशत मानिसहरूको कोरिया प्रति सकारात्मक धारणा रहेको पाईएको थियो ।
हालै गरिएको उक्त अध्ययनका अनुसार करिव ६४.३ प्रतिशत कोरियनहरू कोरियाप्रति सकारात्मक धारणा पाईएको छ । यो संख्या अघिल्लो बर्ष भन्दा करिव १० प्रतिशतले बढी हो ।
कोरियाप्रति सकारात्मक धारणा बनाउने मध्ये ३८ प्रतिशतले कोरियन संगित र के पपको कारण आफू कोरिया प्रति सकारात्मक भएको, १४.६ प्रतिशत आर्थिक समृद्धिका कारण र १४ प्रतिशत कोरियाली संस्कार र संस्कृतिका कारण कोरिया प्रति सकारात्मक भएको बताएका छन् ।
यी बाहेक उनिहरूले गरेको अध्ययनमा एसियाली मुलुकका मानिसहरुले कोरियाको बारे सकारात्मक धारणा राखेको भन्दै अध्ययनकर्ताहरुले कोरियन स्थानीय संस्कार र संस्कृतिलाई अझ परिमार्जित रूपमा अगाडी बढाउन सके कोरिया विश्वभरकै मानिसहरूको आकर्षणको केन्द्र बन्ने निश्कर्ष समेत निकालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस