काठमाडौँ– पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका छ महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । पचास वर्षपछि राष्ट्रसङ्घको उक्त विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहरु परिणामको प्रतीक्षामा रहेको उनले बताएका छन् ।
फरक प्रसङ्गमा उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय–समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुुगेको छ भनेका छन् ।
कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवरा, महासचिव मञ्जुरत्न शाक्य, पत्रकारहरू नरेन्द्र उपाध्याय, राजनसिंह कार्की, देवेन्द्र चुडाललगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताए । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऐक्यबद्धता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस