सोल-कोरियाली तथयांक विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकका अनुसार कोरियाको स्थानीय जनसंख्या विगतका बर्षहरुमा भन्दा घट्न थालेको छ ।
सन् १९८३ मा जनसंख्यालाई ट्र्याकिङ गर्न थालेपछि यहाँको जनसंख्या बारे यकिन धारणा आउन थालेको हो । तथ्यांकका अनुसार जन्मदर भन्दा मृत्यु दर बढी भएका कारण जनसंख्या घट्न थालेको विभागले बताएको छ ।
गत हप्ता कोरियाली तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो एक महिनामा २५ हजार ४ सय ३८ जनाको मृत्यु भएको थियो भने सोही महिना २३ हजार ८ सय ९ जनाको जन्म भएको थियो । यो नोभेम्बर महिनाको भन्दा ०.४ प्रतिशत कम हो र जन्मदर र मृत्युदर विचमा बरिव ५ प्रतिशतको फरक रहेको छ ।
श्रोतका अनुसार गत बर्ष कोरियामा २० हजार ४ सय ९३ जोडीले विवाह गरेका छन् जुन अघिल्लो बर्षको तुलनामा करिव १० प्रतिशतले कमी हो ।
यसले कोरियामा चाँडै नै विविध समस्या ल्याउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । विद्यालय, सैनिक सेवा लगायतका क्षेत्रमा घट्दो जनसंख्याले नकारात्मक असर ल्याउने भन्दै उनीहरुले विज्ञहरुको ध्यान आकर्षण गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस