सोल-दक्षिण कोरियाका ग्रामिण क्षेत्रका गरिव परिवारहरु पुराना तरिकाका रोगहरुबाट ग्रस्त हुने गरेको हालै गरिएको एक सर्वेक्षणले बताएको छ ।
कोरियाली स्वास्थ्य विभागका अनुसार डाइविटीज तथा हस्तक्षेप टेन्सन जस्ता रोगहरुबाट ग्रामीण क्षेत्रका गरिव मानिसहरु पिडित हुने गरेको संस्थाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
चीनी रोगको संक्रमण निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरुमा मध्यम तथा उच्च आय हुनेको भन्दा करिव चार गुणा बढी रहेको पनि प्रतिवेदनमा भनिएको छ । सन् २०१८ मा निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरु मध्ये १६ प्रतिशत भन्दा बढीमा यस्ता विरामहरु देखा परेको पनि अध्ययनले देखाएको छ ।
हाइपरटेन्सनको समस्या पनि निम्न आय हुने ग्रामिण क्षेत्रका नागरिकहरुमा नै बढी पाइएको छ । अध्ययन प्रतिवेदनका अनुसार यो वर्गका मानिसहरु मध्ये करीव ३१.६ प्रतिशतमा सो रोग पाइएको छ जव की मध्यम तथा उच्च आय हुने मध्येमा करिव २८.७ प्रतिशतमा मात्र सो रोग पाइएको छ ।
ग्रामिण क्षेत्र र शहरी क्षेत्रमा चीनीरोगको अनुपातमा केही भिन्नता पाइएता पनि हाइपर टेन्सन अनुपान भने उस्तै पाइएको छ । चीनीरोग ग्रामिण क्षेत्रका करिव १४ प्रतिशतमा पाइएको छ भने शहरी क्षेत्रका करिव १० प्रतिशतमा मात्र पाइएको छ ।
मोटोपनको समस्या पनि शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा फरक पाइएको छ । शहरका करिव २४ प्रतिशत मानिसहरु यो समस्याबाट ग्रस्त छन् भने ग्रामिण क्षेत्रका करिव ३५.१ प्रतिशत मानिसहरु उक्त समस्या बाट पिडित छन् ।
अध्ययनले खानपानको उचित ब्यवस्थापन हुन नसक्दा यी स्वास्थ्य समस्याहरु आएको बताउदै खानपान तथा ब्यायाममा नियमितता ल्याए यस्ता रोगहरुबाट बच्न सकिने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस