बेलायत – आधिकारिक रूपमा युरोपेली सङ्घ इयू बाट बाहिरिएको छ । योसँगै इयू र ब्रिटेनबीचको करिब आधा शताब्दीको लामो सम्बन्ध अन्त्य भएको छ।
ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि इयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।
ब्रिटेन इयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। सन् २०१६ को जुन २३ तारिखमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए।
त्यसपछि ब्रिटेन इयूबाट बाहिरिने प्रक्रिया सुरु भएको थियो। तर त्यस क्रममा ब्रिटेनले विभिन्न खाले व्यवधानको सामना गर्नुपर्यो।
यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरबदल भए।
जनमतसङ्ग्रह लगत्तै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडेका थिए। त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु र लागु गर्नु थियो।
तर ब्रक्जिटका विभिन्न सर्तहरूबारे सांसद्को समर्थन हासिल गर्न नसकेपछि उनले पनि राजीनामा दिइन् र अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आइपुग्यो।
प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए। युरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके जीएमटी अनुसार शुक्रबार राति ११ बजे अलग्गिएको हो।
अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले धेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियो भनेका छन्।
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्याली, उत्सव र मैनबत्ती बालेका छन्।
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस